अभिनेत्री महिमा चौधरीलाई ब्रेस्ट क्यान्सर
मुम्बई–अभिनेता शाहरुख खानको फिल्म ‘परदेश’को नाम लिँदा जोकोहीले फिल्मकी अभिनेत्री महिमा चौधरीलाई सम्झन्छन् । महिमा लामो समयदेखि बलिउडबाट टाढा छिन् । यद्यपि छोरीसँगको उनको तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका हुन्छन् ।
यिनै महिमालाई ब्रेष्ट क्यान्सर भएको छ । अभिनेता अनुपम खेरले उनको एक भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै महिमालाई ब्रेस्ट क्यान्सर भएको जानकारी दिएका हुन् ।
‘मैले एक महिनाअघि महिमा चौधरीलाई फोन गरेको थिएँ । त्यो बेला म अमेरिकामा थिएँ । एक फिल्मलाई लिएर मैले उनीसँग कुराकानी गर्नुपर्ने थियो । हामी राम्रैसँग कुराकानी गरिरहेका थियौं, त्यही बेला थाहा भयो कि उनलाई ब्रेस्ट क्यान्सर भएको रहेछ । उनको जीवन जिउने तरिका र उनको व्यवहार विश्वभरका महिलालाई जीवन जिउने एक नयाँ प्रेरणा दिनसक्छ । उनी यो यात्रालाई ममार्फत सबैमाझ ल्याउन चाहन्थिइन् । तर म भन्न चाहन्छु कि महिमा तिमी मेरो हिरो हौ । साथीहरु महिमाका लागि प्रेम र प्रार्थना गर्नुहोला । अब उनी विस्तारै स्वास्थ्यलाभ गरिरहेकी छन् । उनी पुनः उडान भर्नका लागि तयार छिन्’, उनले लेखेका छन् ।
भिडियोमा महिमाको मुस्कुराइरहेको अनुहार देख्न सकिन्छ । उनको यो भिडियो क्यान्सर यात्राको समयको हो । महिमाले ‘धड्कन’, ‘ओम जय जगदिश’ जस्ता फिल्ममा अभिनय गरेकी छन् ।
–एबीपी लाइभ
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ११:१०
प्रतिक्रिया दिनुहोस्