कर्णाली आर्टस र इक्वेलिटी ल्याब्सलाई दर्नाल पुरस्कार
काठमाडौं– नेपालको समुदायमा आधारित कलासँग सम्बन्धित संस्था कर्णाली आर्टस् सेन्टर (केएसी)तथा संयुक्त राज्य अमेरिकामा रहेको दलित नागरिक अधिकारवादी संस्था इक्वेलिटी ल्याब्स (इएल)ले यसवर्षको ‘सामाजिक न्यायका लागि दर्नाल पुरस्कार (डिएएसजे)’ पाएका छन् ।
यो पुरस्कार सामाजिक न्यायका अगुवा सुभाष दर्नाल स्थापना गरेका हुन् । जसले जातीय विभेद र अपमान अन्त्य गर्ने कामको अगुवाइ गर्ने ४० वर्षमुनिका युवा अगुवासँगै संगठन र आन्दोलनलाई सम्मान गर्छ ।
पाँच लाख रुपैंयाँ राशीको यो पुरस्कार प्रत्येक दुई वर्षमा सुभाष दर्नालको जन्मदिन जून ८ तारिखमा प्रदान गरिन्छ । पुरस्कृत दुई संस्था कर्णाली आर्टस् सेन्टर कर्णाली प्रदेशको मुगुमा अवस्थित छ ।
यो संस्था कलाकार तथा लेखक हीरा बिजुली नेपालीले नाटक र कलाको सशक्त माध्यमबाट सामाजिक न्यायको अभियानमा योगदान पुर्याउन सन् २०१२ मा स्थापना गर्नुभएको हो । सेन्टरले विगतका वर्षमा जातीय विभेदविरोधी सडक नाटकहरू सयौँ पटक प्रदर्शन गरिसकेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ११:१०
प्रतिक्रिया दिनुहोस्