फिल्मकर्मीलाई विमानस्थलको भीआइपी कक्षामा प्रवेश दिइँदै
काठमाडौँ –विशिष्ठ चलचित्रकर्मी परिचय प्राप्त फिल्मकर्मीलाई नेपाल सरकारले विमानस्थलको भीआईपी कक्षमा प्रवेश दिइने व्यवस्था मिलाउने भएको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत सोमबार गृह मन्त्रालयलाई पत्र लेख्दै पत्रअनुसार फिल्मकर्मीका लागि भीआइपी कक्ष प्रवेशको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
चलचित्र विकास बोर्डले २०७७ साल चैत १ गते गृह मन्त्रालयलाई विशिष्ट चलचित्रकर्मीको परिचय पत्र प्राप्त फिल्मकर्मीलाई विमानस्थलमा भीआईपी कक्षमा प्रवेश दिने सुविधा मिलाउन पत्राचार गरेको थियो । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त पत्रलाई सोमबार कार्यान्वयन गर्दै गृह मन्त्रालयलाई पनि यसको जानकारी गराएको हो ।
विकास बोर्डका अनुसार हालसम्म ४४ फिल्मकर्मीले विशिष्ट चलचित्रकर्मी परिचयपत्र पाइसकेका छन् । बोर्डले थप ६० जनालाई यो परिचयपत्र बाँड्ने तयारी गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:०३
प्रतिक्रिया दिनुहोस्