Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च पदस्थ ब्यक्तिको बैंक खाता निगरानी हुने

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– नेपाल राष्ट्र बैंकले सबै उच्च पदस्थ अधिकारीको बैंक खाता निगरानी गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । सम्पत्ति शुद्धिकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्ने सम्बन्धी एकीकृत निर्देशिका संसोधन गर्दै राष्ट्र बैंकले उच्च पदस्थ अधिकारीको खातालाई निगरानी गर्न निर्देशन दिएको हो । उक्त निर्देशनमा बैंक तथा वित्तीय संस्थाले स्वदेशी तथा विदेशी उच्चपदस्थ व्यक्तिको खाताको निगरानी गर्नुपर्ने उल्लेख छ । निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले राष्ट्रपति, उपराष्ट्रपति, न्यायाधीश, सांसद, संवैधानिक निकायका प्रमुख तथा उच्च सरकारी कर्मचारी, विदेशी नियोगका उच्च अधिकारीको खाता निगरानी गर्नुपर्नेछ । राष्ट्र वैंकले कम्पनीको नाममा भइरहेका कारोबारमा वास्तविक खाता धनी तथा कम्पनीमा निर्देशन दिनसक्ने अधिकारीको खातासमेत निगरानीमा राख्नुपर्ने निर्देशन दिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १६:०५
प्रतिक्रिया दिनुहोस्