Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वकप क्रिकेट लिग टूः ओमानसँग नेपाल पहिले बलिङ गर्दै

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टू अन्तर्गतको सिरिजमा नेपालल ओमानसँग खेल्दैछ । अमेरिकाको ह्युस्टनमा रहेको मोसा क्रिकेट मैदानमा ओमानले टस जितेर पहिले ब्याटिड रोजेपटि नेपालले पहिले बलिङ गर्ने भएको छ । खेल केहीबेरमा शुरु हुँदैछ । नेपालका सुनिल धमलाले राष्ट्रिय टिमबाट डेब्यु गरेका छन् । लिग टु मा ओमान ३२ खेलमा ४० अंक जोडेर शीर्ष स्थानमा छ भने नेपाल १२ खेलमा १२ अंक जोड्दै छैटौं स्थानमा छ । नेपालले खेल्न बाँकी सबै खेल खेल्न समयका कारण नपाउने भएकाले जित प्रतिसतका आधारमा विश्वकप छनोट हुने टिम तय गर्ने अन्तराष्ट्रिय क्रिकेट परिषदको तयारी छ । त्यसैले पनि नेपालका लागि यो सिरिजका सबै खेल महत्वपूर्ण रहेको नेपालका मूख्य प्रशिक्षक पुबुदु दासानायकेले बताएका छन् । दुबै देश जितका साथ सिरिज शुरु गर्न चाहन्छन् । पछिल्ला चार खेलमा नेपालले ओमानलाई एक पटक मात्र जित्न सकेको छ । लिग टु अन्तर्गत नै नेपालले ओमानलाई उसकै मैदानमा २०२१ को सेप्टेम्बरमा ७ विकेटले हराएको थियो । नेपालका नियमित ओपनर आसिफ शेख र कुशल भुर्तेल घाइते भएका छन् । नेपालको ओपनिङ लाइनअप सुवास खकुरेल र सुनिल धमलाले सम्हाल्ने निश्चित जस्तै छ । सिरिजको दोस्रो खेल नेपालले अमेरिकासँग पर्सि शनिबार खेल्नेछ । नेपालले तेस्रो खेलमा फेरि ओमानसँग आउँदो मंगलबार र अन्तिम खेलमा अमेरिकासँग जुन १५ मा खेल्नेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:३४
प्रतिक्रिया दिनुहोस्