सन्दीपले लिए ओमानको तेस्रो विकेट
काठमाडौँ– आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टू अन्तर्गतको सिरिजमा ओमानसँग पहिले बलिङ गरिरहेको नेपालले राम्रो प्रदर्शन गरिरहेको छ ।
खेलको पहिलो बल मै करण केसीले विकेट लिँदै दबाबमा राखेको ओमानले खुलेर खेल्न सकिरहेको छैन । अहिलेसम्म १५ ओभरको खेल सकिँदा ओमानले विकेट गुमाएर ५३ रन बनाएको छ ।
करणले पहिलो र दोस्रो विकेट लिएको खेलमा तेस्रो विकेट कप्तान सन्दीप लामिछानेले लिएका हुन् । अमेरिकाको ह्युस्टनमा रहेको मोसा क्रिकेट मैदानमा ओमानले टस जितेर पहिले ब्याटिड रोजेपटि नेपालले पहिले बलिड गरिरहेको हो ।
नेपालका सुनिल धमलाले राष्ट्रिय टिमबाट डेब्यु गरेका छन् ।
लिग टु मा ओमान ३२ खेलमा ४० अंक जोडेर शीर्ष स्थानमा छ भने नेपाल १२ खेलमा १२ अंक जोड्दै छैटौं स्थानमा छ
नेपालका नियमित ओपनर आसिफ शेख र कुशल भुर्तेल घाइते भएका छन् । नेपालको ओपनिङ लाइनअप सुवास खकुरेल र सुनिल धमलाले सम्हाल्ने निश्चित जस्तै छ । सिरिजको दोस्रो खेल नेपालले अमेरिकासँग पर्सि शनिबार खेल्नेछ । नेपालले तेस्रो खेलमा फेरि ओमानसँग आउँदो मंगलबार र अन्तिम खेलमा अमेरिकासँग जुन १५ मा खेल्नेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:३४
प्रतिक्रिया दिनुहोस्