Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओमानसँग १३ रनले नेपाल पराजित

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित पराजित भएको छ ।

अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा शुक्रबार बिहान सकिएको खेलमा २ सय १२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ४ बलमा १ सय ९८ रनमा अलआउट भयो ।

आरिफ शेखले ६६ रन तथा देव खनालले ३४ रन बनाएपनि अन्य ब्याटरले गतिलो योगदान गर्न सकेनन् । रोहित पौडेलले २० र दिपेन्द्र सिंह ऐरीले १६ रन, विनोद भण्डारीले १४, सोमपाल कामीले १३, डेब्यु खेलाडी सुनिल धमलाले १२, करण केसीले ८ सुवास खकुरेलले ३ तथा कप्तान सन्दीप लामिछाने २ रनमात्र बनाउन सके ।

ओमानका जिसन मक्सुद र खवर अलिले तीन तीन तथा बिलाल खानले दुई विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रन जोडेको थियो ।

ओमानका लागि जिसन मक्सुदले अविजित रहदै १ सय ४ रन बनाए । नेपालका करण केसीले ५ तथा कप्तान सन्दीप लामिछानेले २ र सोमपाल कामीले १ विकेट लिए ।

करण सोमपाल कामी र सन्दीप लामिछाने पछि एकदिवसीय अन्तराष्ट्रियको एकै खेलमा ५ विकेट लिने नेपालका तेस्रो खेलाडी बनेका छन् ।

हारसँगै नेपाल १३ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । ओमान ३३ खेलमा ४२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

अब नेपालले दोस्रो खेलमा अमेरिकाविरुद्ध शनिबार खेल्नेछ ।

नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध आगामी मंगलबार (जेठ ३१) र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध असार १ गते खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:३५
प्रतिक्रिया दिनुहोस्