रुपन्देहीको लुम्बिनी कपास उद्योगमा आगलागी
बुटवल– रुपन्देहीको सैनामैनास्थित लुम्बिनी कपास उद्योगमा आगलागी भएको छ । सैनामैना–६ कलौनीको पुरानो बजार नजिक रहेको उद्योगमा शुक्रबार बिहान ४ बजेदेखि आगो लागेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विद्युत् सट भएका कारण आगो लागेको हुनसक्ने बताएको छ ।
सैनमैना, बुटवल लगायतका ३ वटा दमकल प्रयोग गरेर अहिले आगो निभाउने काम भइरहेको छ । बस्ती जोगाउन उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, नगर प्रहरी र स्थानीय खटेका छन् । अझै आगो पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:१५
प्रतिक्रिया दिनुहोस्