Nic Ad Nic Ad
Nic Ad Nic Ad

बिरामी रोएको भन्दै अस्पतालले ५ हजारको बिल तिरायो

शुक्रबार, मंसिर ९, २०७९
यदि तपाईं बिरामी भएर अस्पताल भर्ना हुनु भएको छ अनि केही गरी तपाईंको आशु आयो भने के अस्पताललाई त्यसको पैसा तिर्नुपर्छ ? पक्कै पर्दैन । किनभने रुनु मानवीय स्वभाव हो यसका लागि कहीँ शुल्क लिइँदैन । तर विश्वमा एउटा यस्तो अस्पता छ जहाँ पुगेकी एक बिरामी महिला रोएको भन्दै अस्पतालले उपचारको बिलमा अतिरिक्त शुल्क थपेको छ । अमेरिकाको न्यूयोर्क सिटीको एक अस्पतालमा एक बिरामी महिलालाई रोएको शीर्षकमा उनको मेडिकल बिलमा थप ४० डलर लिइएको छ । अर्थात करिबन ५ हजार रुपैँया । न्युर्योककी कैमिली जनसन पेशाले युट्युबर हुन् । उनले हालै बिरामी भई अस्पताल भर्ना भएकी बहिनीको अस्पताल बिलमा रोएको भन्दै अस्पतालले अतिरिक्त ४० डलर तिराएको बारे सामाजिक सञ्जालमा घटना शेयर गरेकी छन् । कैमिलीका अनुसार उनकी बहिनी उपचाररत रहँदा राम्रो स्याहारको याचना गरिरहेकी थिइन् । यस क्रममा चिडचिडाहटमा उनी निराश भइन् र रुन थालिन् । तर अस्पतालले उनलाई स्याहार गर्नुको सट्टा रोएको भन्दै उल्टै अतिरिक्त शुल्क थप गर्‍यो । रोचक त के छ भने उनको उपचारको बिल भन्दा बढी रकम रोएको शीर्षकको बिल छ ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०२
प्रतिक्रिया दिनुहोस्