Nic Ad Nic Ad
Nic Ad Nic Ad

हात्तीगौडामा नीलको नयाँ सलुन

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं– नील डेविड्स सलुनको १६ औं वार्षिकोत्सवको अवसर पारेर काठमाडौंको बुढानीलकण्ठ नगरपालिकास्थित हात्तीगौंडामा नयाँ सलून शुभारम्भ भएको छ । नेपाली काँग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा, अभिनेता भुवन केसी, अभिनेत्री सञ्चिता लुईंटेल तथा नेपालका अन्तर्राष्ट्रिय हेयर स्टाइलिष्ट नील डेविड कटवालले संयुक्त रुपमा उक्त सलुनको शुभारम्भ गरे । नेपाली काँग्रेसका युवा नेता कुन्दन राज काफ्लेकी धर्मपत्नी मेनुका काफ्लेले नीलडेविड्स सलूनको नयाँ शाखामा हात्तीगौंडामा सञ्चालनमा ल्याएकी हुन् । कार्यक्रममा नेता थापाले कपाल काट्ने पेशालाई अन्तर्राष्ट्रिय ब्राण्ड बनाउन सफल नीलडेविड कटवाललाई १६ औं वार्षिकोत्सवको शुभकामना दिँदै यो ब्राण्डले अन्तर्राष्ट्रिय जगतमा नेपालको चिनारी गराउन सफल हुने विश्वास व्यक्त गरे । उनले हात्तीगौंडामा सञ्चालनमा आएको नयाँ सलुनको सफलताको कामना गर्दै राजनीतिक क्षेत्रमा सक्रिय हरेक व्यक्तिले जीविकोपार्जनका लागि कुनै न कुनै काम गर्नै पर्ने धारणा व्यक्त गरे । अभिनेता भुवन केसी तथा अभिनेत्री सञ्चिता लुईंटेलले पनि अन्तर्राष्ट्रिय विमान परिचारिका रहिसकेकी मेनुका काफ्लेद्वारा सञ्चालनमा ल्याएको नीलडेविड्स सलूनको सफलताको शुभकामना व्यक्त गरिन् । हेयर स्टाइलिष्ट नीलडेविड कटवालले १६ वर्षअघि काठमाडौं मलमा साढे दुई सय स्क्वायर फिटबाट प्रारम्भ भएको नीलडेविड्स सलूनले डेढ दशकको अवधिमा नेपाल तथा भारतमा करिव एक सय वटा शाखा विस्तार गर्न सफल भएकोमा सबै सहयोगी हातहरुलाई धन्यवाद दिए । हात्तीगौंडाको मुख्य सडक किनारामा सञ्चालनमा आएको नीलडेविड्स यूनिसेक्स सलूनमा हेयर तथा मेकअप सम्बन्धि सम्पूर्ण उपलब्ध भएको सञ्चालिका मेनुका काफ्लेले जानकारी गराइन् । कार्यक्रममा नीलडेविड्स सलूनको नयाँ शाखा दुबईमा समेत विस्तार हुने घोषणा गरियो । समारोहमा उपस्थित भएका भारतको कालिङपोङका शिरोमणी शर्माले नीलडेविड कटवालसँग सम्झौता गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:३५
प्रतिक्रिया दिनुहोस्