सलमानको हत्या गर्ने तयारीमा थिए सम्पत
मुम्बई– बलिउड अभिनेता सलमान खानको हत्या गर्ने धम्कीपूर्ण पत्रका बारे नयाँ खुलासा भएको छ । प्रहरी अनुसन्धानमा लरेन्स बिश्नोईले सलमानको हत्या गर्नका लागि एक किलरलाई मुम्बई नै पठाएको खुलेको हो । लरेन्सले सन् २०२१ मा अभिनेताको हत्या गर्ने जिम्मेवारी राजस्थानको ग्याङस्टार सम्पत नेहरालाई दिएको थियो । सम्पत त्यही पूर्व योजना अनुसार मुम्बई आएका थिए ।
समाचारअनुसार सम्पतले केही दिनसम्म मुम्बईमा सलमानको घरको रेकी गरेका थिए र मौका मिल्नासाथ सलमानमाथि गोली चलाउने योजना बनाएका थिए । तर सम्पतसँग लामो दुरीसम्म निशाना लाग्ने पेस्तोल नभएपछि उनी तनावमा थिए । त्यसपछि उनले गाउँको एक दिनेश फौजीसँग सम्पर्क गरेर आरके स्प्रिङ राइफल मगाएका थिए । तर सम्पतसँग राइफल पुग्नुअघि नै प्रहरीले दिनेशलाई पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार बिश्नोई गिरोहका तीन सदस्यले नै पत्र सलमानको पिता सलिममाझ पु¥याएका थिए र यो सबै योजना विक्रम बराडको थियो । बिश्नोई गिरोहका सदस्य महाकाल उर्फ सिद्धेश उर्फ सौरभ काम्बलसँग सोधपुछपछि प्रहरीले नयाँ तथ्य फेला पारेको थियो । प्रहरीले शुक्रबारमात्र काम्बलेसँग बयान लिएको थियो ।
–दैनिक जागरण
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ११:३४
प्रतिक्रिया दिनुहोस्