Nic Ad Nic Ad
Nic Ad Nic Ad

र्‍यापर जी-बब र उनका बुवाआमाले एकअर्कालाई दिए उजुरी

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ - पछिल्लो समय चर्चामा आएका र्‍यापर जी-बब अर्थात सुदीप भण्डारी अहिले तनावमा छन् । उनी र उनका बुबाआमालाई लिएर एउटा समाचार बाहिररिएको छ । र्‍याप गीतका कारण चर्चामा आउने जी-बब अहिले घरेलु कारणले चर्चामा छन् । उनी र उनका बुवाआमाले एकअर्कालाई उजुरी समेत हाल्न पुगेका छन् । आमाबुवाले आफूलाई रिह्याब सेन्टरमा राखेर बन्धक बनाएको जी बबले उजुरी दिएका छन् । उनको उजुरीपछि उनका बुबाआमाले पनि प्रशासनमा जाहेरी दिएका छन् । बुबाआमाले भने छोरालाई सुधार्नको लगि आफूहरुले सुधार केन्द्रमा राखेको बताउदै आइरहेका छन् । उनीहरुबीच अहिले तनाव बढेको खबर बाहिर आउन थालेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:३३
प्रतिक्रिया दिनुहोस्