जनगायक जीवन शर्मा 'कलाकार बाबुराम-सरस्वती बज्राचार्य स्मृति पुरस्कार' बाट पुरस्कृत
काठमाडौं - जनगायक जीवन शर्मा ‘कलाकार बाबुराम–सरस्वती बज्राचार्य स्मृति पुरस्कार’बाट पुरस्कृत भएका छन्। शुक्रबार बागलुङमा पुरस्कार कोषद्वारा आयोजित समारोहमा त्यहाँका उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले शर्मालाई रु. २० हजार राशिसहित दोसल्ला र प्रमाणपत्र प्रदान गरेका हुन् ।
सङ्गीत साधनाका माध्यमबाट श्रमजीवी जनता तथा न्याय र समानताका पक्षमा आवाज उठाएबापत शर्मालाई पुरस्कृत गरिएको हो । पुरस्कार ग्रहणपछि बोल्दै शर्माले आफ्नै जिल्लामा सम्मानित हुन पाउँदा गौरवको अनुभूति भएको बताउका छन् । उक्त समारोहमा शर्माले आफ्नो बहुचर्चित गीत ‘सिमली छायाँ बसी...’ सुनाएका थिए ।
बागलुङको जैमिनी नगरपालिका–१० राङखानीमा जन्मिएका ६२ वर्षीय शर्मा लामो समयदेखि जनपक्षीय सङ्गीत सिर्जना र गायनमा सक्रिय छन् । रक्तिम सांस्कृतिक अभियानका संस्थापकसमेत रहेका शर्माका ‘सिमली छायाँमा बसी’, ‘झरनाको चिसो पानी’, ‘छेकेर छेकिन्न’ लगायतका गीत चर्चित छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ११:५५
प्रतिक्रिया दिनुहोस्