Nic Ad Nic Ad
Nic Ad Nic Ad

जस्टिन बिबरको आधा अनुहार पक्षाघात

शुक्रबार, मंसिर ९, २०७९
लसएञ्जल्स–विश्वका चर्चित पप गायक जस्टिन बिबरले हालै आफ्नो एल्बम न्यायको प्रमोशनका लागि विश्वका विभिन्न देशको भ्रमण गर्ने घोषणा गरेका थिए । तर केही दिन पछि गायकले आफ्नो भ्रमण स्थगित गरे । उक्त खबर सुनेपछि विश्वभर फैलिएका उनका फ्यान निराश बनेका छन् । यसै क्रममा गायकले आफनो सामाजिक सञ्जाल मार्फत एउटा भिडियो सार्वजनिक गर्दै यसको पछाडिको कारण खुलाएका छन् । भिडियोमा उनले आफ्नो आधा अनुहार पक्षाघात भएको खुलासा गरेका छन् । उक्त भिडियोमा बिबरले आफू रामसे हन्ट सिन्ड्रोम बाट पीडित भएको कारण उनको अनुहार पक्षाघात भएको बताएका छन् । भिडियोमा आफ्नो अवस्थाको बारेमा कुरा गर्दै बिबरले आफनोे आँखा मिच्न नमिल्ने र साथै अनुहारको एक छेउमा हाँस्न पनि नसक्ने भएकाले आफनो पछिल्लो शो रद्द गर्नु परेको बताएका छन् । यसबाट आफु निराश भएको बताउदै हालको अवस्थामा आफु शारीरिक रूपमा सक्षम नभएको बताउदै आफना सर्मथकहरुले बुझ्ने छन भन्ने आशा राखेको बताएका छन् । त्यस्तै यस वर्षको मार्चमा जस्टिन बीबरकी श्रीमती हेलीलाई पनि मस्तिष्कमा रगत जमेको कारण अस्पताल भर्ना गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०३
प्रतिक्रिया दिनुहोस्