Nic Ad Nic Ad
Nic Ad Nic Ad

विवादबाट अछुतो थिएनन् मूसेवाला

शुक्रबार, मंसिर ९, २०७९
मुम्बई–पञ्जाबी गायक सिद्धु मूसेवालाको केही समय अघि पञ्जाबको मानसा जिल्लास्थित जवाहरके गाउँमा गोली हानी हत्या गरियो । उनले कैयौं पञ्जाबी हिट गीत दिए, तर पनि उनी विवादबाट कहिल्यै टाढा भएनन् । उनीमाथि पञ्जाबमा गन संस्कृतिलाई बढावा दिएको आरोप थियो । उनी प्रायः आफ्नो गीतमा प्रयोग गरेको शब्दका कारण विवादमा तानिन्थे । एक गीतका कारण पञ्जाबीहरु भड्किएका नै थिए । सिद्धुले मानसाबाट काँग्रेसको टिकटमाथि विधानसभा चुनावमा पराजित भएपछि गीत ‘स्केपगोट’ सार्वजनिक गरेका थिए । उनले यो गीतमार्फत मतदाताप्रति रिस पोखेका थिए । उनले गीतमा ‘गद्दार’समेत भनेका थिए । ‘मैले पिछडिएको इलाकालाई ब्राण्ड बनाएँ, रउनीहरुले मलाई नै हराइदिए’, उनी भन्थे । उनको यो गीतप्रति आम आदमी पार्टी(आप)का नेताहरुले निकै विरोध गरेका थिए । आपका प्रवक्ता नील गर्गले पञ्जाबीहरुलाई गद्दार भनेकोमा काँग्रेस पार्टीले माफी माग्नुपर्ने माग राखेका छन् । –अमरउजाला
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०२
प्रतिक्रिया दिनुहोस्