विवाहलगत्तै विवादमा नयनतारा
मुम्बई– दक्षिण भारतीय फिल्मकी अभिनेत्री नयनतारा र निर्देशक विग्गेश शिवनले गत जून ९ मा धुमधामका साथ विवाह गरे । ६ वर्षको प्रेमसम्बन्धलाई पूर्णता दिँदै विवाह गरेपछि उनीहरु तिरुपति मन्दिरको दर्शन गर्न पुगेका थिए । तर यहाँ पुग्नासाथ नयनतारा एक विवादमा तानिइन् ।
मन्दिरमा उनी चप्पल लगाएर पुगेपछि विवादमा तानिएकी हुन् । मन्दिर प्रशासनले उनीमाथि स्पष्टिकरण सोध्ने तयारी गरिरहेको छ । तिरुपति मन्दिरको मादा रोडमा खाली खुट्टा हिँड्नुपर्ने धार्मिक चलन छ । तर नयनतारा चप्पलमै मन्दिर पुगेपछि मन्दिरका प्रबन्धक उनीसँग रिसाएका छन् ।
तिरुमाला तिरपति देवास्थनम बोर्डका चिफ विजिलेन्स सेक्युरिटी अफिसर नरसिम्हा किशोरले अभिनेत्रीलाई मादा रोडमा चप्पलमा हिँडिरहेको देखेका थिइन् । यतिमात्र नभई उनीहरुले तस्वीर खिचेको पनि देखे । यो मन्दिरमा तस्वीर खिच्न अनुमति छैन । त्यहाँका सुरक्षाकर्मीले नयनताराले चप्पल लगाएको हो वा होइन भन्ने थाहा पाउन सिसिटिभी फुटेजको सहारा पनि लिएका थिए ।
‘हामीले नयनतारालाई नोटिस पठाउन लागिरहेका छौं । हामीले उनीसँग कुराकानी पनि गर्यौ । उनी आफैं एक माफीयुक्त भिडियो जारी गर्न चाहिन्छन्’, नरसिम्हाले भनेका छन् ।
यता विग्नेशले भने नयनताराले गरेको गल्तीप्रति बोर्डसँग माफी मागेका छन् । उनले नयनतारा तिरुपति प्रति आस्था राख्ने भएपनि उनको गल्ती अञ्जानबस भएको बताएका छन् ।
–बलिउडलाइफ
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ११:५६
प्रतिक्रिया दिनुहोस्