Nic Ad Nic Ad
Nic Ad Nic Ad

मायालु आभाषमा पुजा र आर्यन

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं– प्रताप दास र अनु ढकालको स्वरमा रहेको गीत ‘मायालु आभाष’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा रवी मल्लको शब्द र संगीत छ । गीतका एरेञ्जर उदयराज पौडेल हुन् । भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री पुजा शर्मा फिचर्ड छन् । निर्देशक विधान कार्कीले यस भिडियोमा फिल्मी शैलीमा कथा भनेका छन् । अष्ट्रेलिया र नेपालमा सक्रिय ‘नेपमेलो’ले यो गीत तयार पारेको हो । निर्देशक कार्कीले केही फरक शैलीमा कथा भन्ने प्रयास गरेको बताए । उनले भने, ‘फिल्मका कलाकारहरुलाई म्यूजिक भिडियोमा अभिनय गराउन सजिलो छैन । फिल्मको ठुलो क्यानभासमा काम गरेका कलाकारको लागि म्यूजिक भिडियोमा पनि कथा भन्ने शैली बदल्नुपर्ने हुन्छ । सोही प्रयास गरेको छु ।’ हरि हुमागाईंको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन र मनीषा पोखरेलको कला निर्देशन छ । गरेको यस भिडियोका सम्पादक बिकाश दाहाल हुन् भने कला निर्देशक मनिषा पोखरेल हुन् । https://www.youtube.com/watch?v=mwwEc5UsbOk
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:५२
प्रतिक्रिया दिनुहोस्