उत्तर कोरियामा पहिलो महिला विदेशमन्त्री
सोल - उत्तर कोरियामा पहिलोपटक महिलालाई विदेशमन्त्रीमा नियुक्त गरिएको छ । अनुभवी कूटनीतिज्ञ चोए सोन हुइले उत्तर कोरियाको पहिलो महिला विदेशमन्त्री बन्ने मौका पाएकी हुन् ।
यसअघि, उपविदेशमन्त्रीका रूपमा पनि सेवा गरेकी हुइले अहिले रि सोन ग्वोनलाई विस्थापित गरेको अधिकारीहरूले जनाएका छन् । कूटनीतिक सेवावाट आएकी हुइले दुई देशीय वार्ताका क्रममा पनि विगतमा महत्त्वपूणर् योगदान गरेकी थिइन् । उनलाई अंग्रेजी भाषाको पनि राम्रो ज्ञान छ ।
अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प समेत सहभागी भएको उत्तर कोरिया र अमेरिकी शीर्ष नेताहरूको शिखर बैठकमा पनि उनले महत्वपूणर् भूमिका खेलेकी थिइन् । उनले भनिन्, ‘मलाई लाग्छ, हाम्रो प्रस्तावलाई अस्वीकार गरेर अमेरिकाले सुनौलो अवसर गुमाएको छ ।’
अरू देशहरूसँगको विविध वार्ता तथा छलफलहरूमा पनि सहभागी भएको र विदेशी कतिपय कूटनीतिज्ञहरूसँग पनि आफ्नै विशेष सम्बन्ध भएकाले विदेश मन्त्रालयको जिम्मेवारी उनले प्रभावकारी रूपमा निर्वाह गर्न सक्ने अपेक्षा गरिएको छ । रासस/एएफपी