बापमा सनीदेखि मिथुनसम्म
मुम्बई– जी स्टुडियोज र अहमद खानले निर्माण गर्न लागेको नयाँ फिल्म ‘बाप’मा सन् ८० को दशकका लोकप्रिय अभिनेताहरु सनी देवल, सञ्जय दत्त, ज्याकी श्राफ र मिथुन चक्रवर्तीले अभिनय गर्ने भएका छन् । फिल्ममा विवेक चौहानको निर्देशन हुनेछ ।
एक्सन थ्रिलरको फिल्म यही जून १४ बाट फ्लोरमा जाँदैछ । यी चार अभिनेतालाई ‘हेरोइक’ एक्सन फ्लेभरमा प्रस्तुत गरिने फिल्म सन् २०२३ को महत्वपूर्ण विदाको मौका पारेर रिलिज गरिनेछ ।
विशेषत एक्सन प्रेमी दर्शकका लागि यो फिल्म लक्षित रहनेछ । यी चार अभिनेताको अहिले पनि उत्तिकै फ्यान रहेकाले फिल्ममा सफलता पाउनेमा निर्माण पक्ष ढुक्क छ ।
–बलिउड हंगामा
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १६:०३
प्रतिक्रिया दिनुहोस्