Nic Ad Nic Ad
Nic Ad Nic Ad

इम्बोस्ट नम्बर प्लेट लिएपनि पुरानै कागजात बोक्नुपर्ने

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– सवारी साधनलाई नयाँ इम्बोस्ट नम्बर उपलब्ध गराइए पनि नवीकरणलगायत कार्यका लागि साविककै सवारी नम्बर आवश्यक पर्ने भएको छ ।

सवारी साधनमा नयाँ इम्बोस्ट नम्बर प्लेट राखे पनि सवारी धनीले ब्लुबुक बोक्नै पर्ने र सवारी साधनको पुरानै नम्बरका आधारबाट नवीकरण तथा नामसारी गर्नुपर्ने हुँदा इम्बोस्ट नम्बरको उपयोगिता तत्काल देखिएको छैन ।

भेहिकल रजिस्टर प्रणाली (भीआरएस) लागू नहुँदासम्म पुरानै नम्बर आवश्यक रहेने यातायात व्यवस्था विभागले जनाएको छ ।

सवारी साधनमा इम्बोस्ट नम्बर लिएपछि भीआरएसबाट सवारीको अवस्थाबारे अनलाइनबाट हेर्न मिल्छ । तर सडकमा ट्राफिक प्रहरीले जाँच गर्दा हाल भएका सबै कागजात देखाउनुपर्नेछ । विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले हाल सबै कागजात र प्रमाण कागजी फाइलमा रहेको र इम्बोस्ट नम्बर प्लेट लागू भएपछि डाटा केन्द्रीय प्रणालीमा रहने बताए ।

‘भीआरएसबाट सबै सवारीको नियमन विभागले गर्छ । तत्कालका लागि पुरानै नम्बर पनि ब्लुबुकमा रहन्छ ।’ उनले भने । आजको गोरखापत्रमा समाचार छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:०१
प्रतिक्रिया दिनुहोस्