अमेरिकामा बन्दुकसम्बन्धी कडा कानुनको माग गर्दै हजारौँको प्रदर्शन
काठमाडौँ– अमेरिकामा बन्दुक नियन्त्रणमा कडाइको माग गर्दै हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका छन् ।
हालै भएका दुई वटा सामूहिक गोली प्रहारको घटनापछि बन्दुकसम्बन्धी कडा कानुनको माग गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनमा उत्रिएकाहरूले "म बन्दुकको गोलीबाट स्वतन्त्रता चाहन्छु" जस्ता नारा लेखेका प्लेकार्ड बोकेका थिए ।
अमेरिकी राष्ट्रपति जो बाइडनले विरोध प्रदर्शनलाई समर्थन जनाउँदै संसद्लाई "बन्दुक सुरक्षासम्बन्धी कानुन पारित गर्न" आह्वान गरे।
यद्यपि, प्रतिपक्षी रिपब्लिकनहरूले कानुन परिवर्तनको सम्भावनालाई अस्वीकार गर्न सक्ने देखिन्छ।
मे २४ मा टेक्ससको युभाल्डीमास्थित रोब इलिमेन्टरीमा भएको गोलीकाण्डमा १९ जना बालबालिका र दुई शिक्षकको मृत्यु भएको थियो।
त्यसपछि बेफेलो, न्यूयोर्कमा भएको अर्को आक्रमणमा १० जना मारिएका थिए ।
यी दुई घटनाले अमेरिकामा बन्दुक नियन्त्रणमा कडाइबारे बहस सुरु गरेको छ।