सुनको मूल्य तोलामा १५ सय रुपैयाँ बढ्यो, तोलाको कति ?
काठमाडौँ– सुनचाँदीको मूल्यमा १५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १५ सय बढेर तोलामा झण्डै एक लाख नजिक पुगेको छ ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला छापावाल ९९ हजार दुई सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १२८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार सात सय रुपैयाँ र तेजावी सुनको मूल्य ९७ हजार दुई सय रुपैयाँमा कारेबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १६:३०
प्रतिक्रिया दिनुहोस्