अमेरिकी टिकटक स्टार कूपरको निधन
लसएञ्जल्स—अमेरिकी टिकटक स्टार कूपर नोरिगियाको निधन भएको छ । उनको शव लसएञ्जलस्थित एक मलको पार्किङमा गत जून ९ मा भेटिएको थियो । यो कुराको जानकारी लस्एञ्जल्स मेडिकल एक्जामिनरले दिएका छन् ।
कूपर १९ वर्षका थिए । टिकटकमा उनको १७ लाख बढी फलोअर्स छन् । कूपरले आफ्नो निधनभन्दा केही समयअघि मात्र ट्वीटरमा ‘यस्तो कसले सोच्छ कि मानिस जवानीमा नै मर्छन्’ ट्वीट गरेका थिए ।
प्रहरीका अनुसार उनको शरीरमा कुनै पनि किसिमको हिंसा भएको कुनै प्रमाण भेटिएको छैन । उनको के कारणले मृत्यु भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
कूपर सामाजिक सञ्जालमा स्केटबोर्डिङ र फेसनसँग सम्बन्धित भिडियो शेयर गर्थो । उनको लागि मानसिक स्वास्थ्य महत्वपूर्ण थियो ।
उनले जून ५ मा डिस्कार्ड ग्रुप बनाएका थिए, जहाँ उनी आफ्नो फलोअर्ससँग मानसिक स्वास्थ्यको विषयमाथि कुराकानी गर्थे । ‘यदि तपाईं आफ्नो भावनालाई बाहिर निकाल्न चाहनुहुन्छ भने आउनुहोस् र जोडिनुहोस् । मैले यसलाई बनाएको छु किनकी म तपाईंलाई प्रेम गर्छु र म यसलाई लिएर संघर्षरत छु । म तपाईंहरुलाई आरामदायी महशुस गराउन चाहन्छु कि तपाईं एक्लो हुनुहुन्नँ’, उनले लेखेका थिए ।
—दैनिक जागरण
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ११:५४
प्रतिक्रिया दिनुहोस्