गर्भावस्थाको पेट देखाउदा ट्रोल बनिन् सोनम
मुम्बई— बलिउड अभिनेत्री सोनम कपूरकी बहिनी रियाले केही दिन अघि सोनमको केही तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी थिइन्, जसमा सोनमले आफ्नो बेबीबम्प देखाएकी थिइन् । अहिले सोनम यही तस्वीरका कारण ट्रोल बनेकी छन् ।
ट्रोलरले उनलाई हलिउड स्टार रिहाना बन्ने भूत चढेको भन्दै आलोचना गरिरहेका छन् । रिहाना पनि हालका दिनमा गर्भवती छिन् र बाहिर घुम्न निस्कदा उनले बेबीबम्प सार्वजनिक रुपमै देखाइरहेकी छन् ।
सोनमको तस्वीरमा उनलाई पनि रिहानाको जस्तै ट्युब टप लगाएर बेबीबम्प गरिएको देख्न सकिन्छ । ‘यो त रिहानाको कपि भइरहेको छ’,एक प्रयोगकर्ताले लेखेका छन् । अर्का प्रयोगकर्ता लेख्छन्,‘बलिउडवाला यस्तो के सोच्छन् कि उनीहरुमात्र गर्भवती हुन्छन् । तर के कोही महिला बजारमा यस्तो कपडा लगाएर निस्कन्छन् । बलिउडवाला पनि कति देखाउछन् ।’
सोनमले निकै रोमान्टिक शैलीमा आफ्नो गर्भवतीको खबर सार्वजनिक गरेकी थिइन् । सोनमले आनन्द आहुजासँग निकै लामो समयको डेटपछि विवाह गरेकी थिइन् ।
—बलिउडलाइफ
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ११:५४
प्रतिक्रिया दिनुहोस्