डान्स मास्टर लिल च्याम्प्ससँग पे–वेलको सहकार्य
काठमाडौं–डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल च्याम्प्स’ को भोटिङ पार्टनरका रुपमा ‘पे वेल’ जोडिएको छ । आइतबार एक कार्यक्रमका बिच शो आयोजक थ्रि प्रोडक्सन र पे–वेलबिच सम्झौता भएको हो ।
पे–वेलका सिइओ सत्यन्द्र श्रेष्ठले बालबालिकामा भएको प्रतिभालाई उजागर गर्न र उनीहरूलाई प्रोत्साहन गर्ने खालको कार्यक्रमलाई सहयोग गर्न आफूहरु सधैं तयार रहेको बताए ।
बालबालिका केन्द्रित यस शोका लागि यसअघि नै डिजिटल अडिसन भईसकेको छ । अडिसनबाट छानिएका प्रतिभाहरूका लागि चाँडै नै फिजिकल अडिसन सुरु गरिने बताइएको छ ।
आयोजकले काठमाडौं, विराटनगर, पोखरा, इटहरी, चितवन तथा भारतको आसाम र सिक्किममा फिजिकल अडिसन गर्ने जानकारी दिएको छ ।
शोको निर्णायकमा तेरिया फौजा मगर, रोजिया महर्जन रहेका छन् । सुपर जजको रूपमा अभिनेत्री सारंगा श्रेष्ठ रहनेछिन् भने शोको होस्ट सुमन र रीमा विश्वकर्माले गर्नेछन् ।
थ्रि प्रोडक्सनले यसअघि ‘कमेडी च्याम्पियन’ निर्माण गरेको थियो । शो निर्माणमा नेपा डान्स एकेडेमीले सहकार्य गरेको छ ।
‘डान्स मास्टर’को उपाधि जित्नेले २५ लाख नगद पुरस्कार पाउनेछन् । त्यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ लाख र १० लाख नगद पुरस्कार हात पार्नेछन् । शोका निर्देशक विशाल भण्डारीका अनुसार विजेताले पाउने पुरस्कार आफ्नो कोरियोग्राफरसँग ५० प्रतिशत साझेदारी गर्नुपर्नेछ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:२२
प्रतिक्रिया दिनुहोस्