Nic Ad Nic Ad
Nic Ad Nic Ad

छैठौं काठमाडौं सर्ट फिल्म फेस्टाको तयारी

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–छायाँछवि क्रियसनले आयोजना गर्दै आएको छोटा फिल्महरुको महोत्सव ‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ छैठौं संस्करण राजधानीमा हुने भएको छ । जसका लागि आयोजकले फिल्मको आव्हान गरेका छन् । यो फेस्टाका लागि २०७९ असार २६ गतेसम्म छोटा फिल्म दर्ता गरी सक्नुपर्नेछ । फेस्टा एवं छायाछविका अध्यक्ष शान्तिप्रियले छोटा फिल्म एवम् छोटा वृत्तचित्रले भाग लिन पाउने बताए । उनका अनुसार छोटा फिल्म एवं छोटा वृत्तचित्रको समयावधि २ मिनेटदेखि ५९ मिनटभित्रको हुनुपर्नेछ । फेस्टामा सहभागी फिल्मलाई बेष्ट सर्ट फिल्म (फिक्सन), बेष्ट सर्ट फिल्म (फिक्सन) निर्देशक, बेष्ट सर्ट फिल्म (डकुमेन्ट्री), बेष्ट सर्ट फिल्म (डकुमेन्ट्री) निर्देशक, बेस्ट कन्सेट÷स्कृप्ट, बेष्ट बायोपिक डकुमेन्ट्री, जुरी अवार्ड, पब्लिक च्वाईस अवार्ड, बेष्ट म्यासेज फिल्म, इनकरेजमेन्ट अवार्डलगायतका अवार्ड प्रदान गरिनेछ । यीमध्ये बेष्ट सर्ट फिल्म (फिक्सन) र बेष्ट सर्ट फिल्म (डक्युमेन्ट्री)लाई क्रमशःट्रफी, प्रमाणपत्र र १० हजार रुपैयाँ प्रदान गरिने छ । बाँकी विधामा भने ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:५४
प्रतिक्रिया दिनुहोस्