शरदसँग विवाह गर्न मेहेन्दीमा सजिइन इन्दिरा
काठमाडौं–फेसन डिजाइनर शरद केडियासँग गत वर्ष इन्गेजमेन्ट गरेकी गायिका इन्दिरा जोशी केही दिनभित्रै वैवाहिक जीवनमा बाँधिदैछिन् । त्यसको पूर्व तयारी स्वरुप हालै उनले शरदका साथ मेहेन्दी उत्सव गरेकी छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक तस्वीरमा सारीमा सजिएकी इन्दिरा हातमा मेहेन्दी देखाउँदै निकै खुशी देखिएकी छन् । तस्वीरमा शरद र उनीहरुका आफन्तलाई पनि देख्न सकिन्छ ।
तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले गत वर्ष सगरमाथा क्षेत्रको नाम्चेमा गई इन्गेजमेन्ट गरेका थिए । शरदले इन्दिरालाई इन्गेजमेन्ट औठी लगाइदिँदै विवाहको प्रस्ताव गर्दा इन्दिराले स्वीकार गरेकी थिइन् । उनीहरुको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
उनीहरुले काठमाडौंको एक होटलमा केही दिनमै एक निजी समारोहबीच विवाह गर्दैछन् । यो विवाहमा परिवारका सदस्य तथा निकट व्यक्तिको मात्र उपस्थिति हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:०८
प्रतिक्रिया दिनुहोस्