Nic Ad Nic Ad
Nic Ad Nic Ad

ब्रिज हेयर एन्ड ब्युटी सलुनमा ऋषि धमलाको कैची

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–प्रदर्शोन्मुख फिल्म ‘प्रेमगञ्ज’का कलाकारसँगै पत्रकार ऋषि धमलाले ब्रिज हेयर एन्ड ब्युटी सलुन’को उद्घाटन गरेका छन् । काठमाडौँको बौद्ध क्षेत्रमा खुलेको सलुनको शनिबार पत्रकार धमलासँगै ‘प्रेमगञ्ज’का कलाकार बेनिशा हमाल र तेज गिरीले रिबन काटेर उद्घाटन गरेका थिए । उनीहरुलाई कलाकार निराजन प्रधानले पनि साथ दिएका थिए । सलुन अनिल थापाले सञ्चालनमा ल्याएका हुन् । अभिनेत्री हमालले हरकोहीलाई राम्रो वा राम्री बन्न मन लाग्ने भएकाले ब्रिज हेयर एन्ड ब्युटी सलुनले त्यो अपेक्षा पूरा गर्नेमा आशा व्यक्त गरिन् । अभिनेता प्रधानले कलाकार मात्र नभएर हरकोही सौन्दर्यप्रति सचेत हुँदै गएकाले यस्ता सलुनको महत्व बढिरहेको बताए । पत्रकार धमलाले पछिल्लो समय पार्लर र सलुन जानेको आर्कषण बढेको बताए । ‘म सधैँ व्यस्त रहने मान्छे हुँ । भ्याएसम्म चिटिक्क परेरै हिँडछु । सलुन नै जान्छु कहीँ नगए पनि मान्छेहरूमा सलुनको आकर्षणप्रति म कदर गर्छु,’ उनले भने । सञ्चालक थापाले भारत, बेलायत तथा अमेरिकामा लामो समय यो क्षेत्रमा गरेको अनुभवले नेपालमा सलुन खोल्न प्रेरित गरेको बताए । सलुनलाई ‘प्रेमगन्ज’ अभिनेता तेज गिरीले पनि शुभकामना दिएका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:५३
प्रतिक्रिया दिनुहोस्