चर्चित र्यापर जी बब र उनका परिवारबीच बढ्यो तनाव, सोमबार छलफल
काठमाडौँ – र्यापर जी बब अर्थात सुदीप भण्डारी अहिले आफ्नै घरेलु कारणले चर्चामा छन् । मिलेन लेबल तेरो बाँ बोलाए बोलको र्याप गीतबाट चर्चामा आएका जी बबले आफ्नै बुबाआमालाई उजुरी हालेका छन् ।
जी बबले आफ्नो परिवारले आफूलाई रिह्याब सेन्टरमा राखेर बन्धक बनाएको उजुरी दिएपछि बुबा आमाले पनि जाहेरी दिएका हुन् । उनीहरु एकअर्काले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका हुन् ।
उनका परिवारले जी बबलाई कम्पनी अल नेपाल थग फेमिली नामक संस्थाले बन्धक बनाएको आरोप लगाएका छन् । उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई छलफलको लागि बोलाएको छ । उनीहरुको छलफल सोमबार रहेको जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १४:५८
प्रतिक्रिया दिनुहोस्