Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालको च्याम्पियन बन्ने तयारी तस्वीरहरू

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– नेपाली राष्ट्रिय महिला क्रिकेट टिम मलेसियामा हुने एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको तयारी मा ब्यस्त छ । यसपटक उपाधि जित्ने र एसिया कपमा छनोट पनि हुने लक्ष्यका साथ तयारी गरिरहेको नेपाली टिमकी कप्तान रुविना क्षेत्री र प्रशिक्षक जगत टमाटाले बताएका छन् । प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले १९ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । टोलीमा परेका खेलाडीहरू अहिले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा तयारी गरिरहेका छन् । शनिबार संचारकर्मीसँग कप्तान रुबिनाले च्याम्पियनसिपको उपाधि जित्नु चुनौतीपूर्ण रहेपनि टिमलाई खाली हात फिर्ता नल्याउने प्रतिवद्धता ब्यक्त गरेकी छन् । यहि जुन १७ बाट सुरु हुने प्रतियोगितामा नेपाल हङकङ, कुवेत, भुटान र बहराइनसँगै समुह ‘बी’मा छ। च्याम्पियनसिपको फाइनलमा पुग्ने दुई टिमले महिला टी–ट्वान्टी एसिया कप खेल्न पाउनेछन् । च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेल भुटानसँग जुन १७ मा खेल्नेछ भने दोस्रो खेलमा जुन १८ मा कुवेतसँग, तेस्रो खेल बहराइनसँग जुन २० मा र हङकङसँग जुन २१ मा खेल्नेछ । प्रारम्भिक नेपाली टोली - रुबिना क्षेत्री, इन्दु वर्मा, सीता रानामगर, ज्योती पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कबिता जोशी, डोली भट्ट, सबनम राई, सरिता मगर, रोमा थापा, संगिता राई, अस्मिता कर्मचार्य, मनिषा उपाध्याय, विन्दु रावल, ममता चौधरी, रेखा रावल र इश्वरी विष्ट । तस्वीरहरू- नेपाल क्रिकेट संघ क्यान
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०३
प्रतिक्रिया दिनुहोस्