कानुनी झमेलामा परे साउथ अभिनेता मोहनलाल
काठमाडौं - साउथ फिल्मका चर्चित अभिनेता मोहनलाल समस्यामा परेका छन् । उनीमाथि अवैध रुपमा हात्तीको दाँत राखेको आरोप लागेको छ । भारतिय मिडियाका अनुसार उनीमाथि वन्यजीव अपराध मामलामा मुद्दा दर्ता गर्ने तयारी गरिएको छ ।
तल्लो अदालतले मोहनलालविरुद्ध परेको अभियोगको कारवाहीलाई फिर्ता लिनका लागि राज्य सरकारले निवेदन दिए पनि त्यो निवेदन खारेज गरिदिएको बताइएको छ । सहायक लोक अभियोजकले मुद्दालाई अगाडि बढाउनु नै निरर्थक अभ्यास र अदालतको समय वर्वाद मात्र हुने बताएको थियो ।
वकिल अब्राहम पी मेन्चिकाराले भने मोहनलालसँग हात्तीको दाँतको स्वामित्वको प्रमाण पत्र नभएको अवस्थामा मुद्धालाई फिर्ता लिनु आधारहिन हुने बताएका छन् । सन् २०१२ मा मोहनलालको घरमा छापा मार्दा चार हात्तीका दाँत फेला परेको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:०३
प्रतिक्रिया दिनुहोस्