ग्याङस्टारबाट बच्न शाहरुखको अंग्रेजी कुटनीति !
मुम्बई–बलिउड अभिनेता शाहरुख खान अभिनयसँगै बोल्ने शैलीका कारण पनि चिनिन्छन् । तर उनले जसरी ग्याङस्टारको धम्कीबाट बच्नका लागि उनले आफ्नो जुन चतुर्याई प्रयोग गरे, त्यसबाट नै उनी कसरी समस्यामा पर्दा आफूलाई सन्तुलनमा राख्छन् भन्ने कुराको पुष्टि गरेका छन् ।
फिल्म पत्रकार अनुपमा चोपडले आफ्नो पुस्तक ‘किङ अफ बलिउडः शाहरुख खान एण्ड द सेडक्टिव वर्ल्ड अफ इण्डियन सिनेमा’मा यस्ता कैयौं कुराको दाबी गरेकी छन्, जुन समयमा शाहरुखले ग्याङस्टारको धम्कीको सामना गर्नुपरेको थियो । शाहरुखले ग्याङस्टारबाट बच्नका लागि जहिल्यै अंग्रेजीलाई एक हतियारको रुपमा प्रयोग गरे ।
शाहरुखले ग्याङस्टारको पहिलो त्रास महेश भट्टको फिल्म ‘डुप्लिकेट’को समयमा भोग्नुपर्यो । यो फिल्मअघि जनवरी १९९७ मा टी सिरिजका मालिक गुलशन कुमारको दिनदहाडै गोली हानी हत्या भएको थियो ।
यही महिना महाराष्ट्रका पूर्व डीजीपी राकेश मारियाले महेशलाई फोन गरी ग्याङस्टार अबू सलेमले शाहरुखको हत्या गर्ने जिम्मेवारी एक सार्प सुटरलाई दिएको जानकारी दिएका थिए । अबू आफ्नो मिल्ने साथीको फिल्ममा शाहरुखले अभिनय गर्न नचाहेपछि उनी शाहरुखसँग रुष्ट थिए ।
यो घटनापछि मुम्बई प्रहरीले शाहरुखलाई बडीगार्ड मोहन भिसे दियो । शाहरुखलाई धेरै बाहिर नआउन र उनलाई हरेक दिन आफ्नो कार तथा रुट बदल्न सल्लाह दिइयो ।
‘ती दिनहरुमा एक यस्तो अवस्था थियो कि एक प्रख्यात क्रिकेटरकी छोरीको विवाहमा जब मेरो एक प्रशंसक अटोग्राफ लिन आए र उनले आफ्नो कलम गोजीबाट निकाले, त्यो बेला उसले हतियार निकालिरहेको हो कि भन्ने भयो । त्यो व्यक्तिलाई श्रीमति गौरीले पछाडि धकेलिन्’, शाहरुखले पुस्तकमा भनेका छन् ।
शाहरुख पत्नी र छोराछोरीको बारेमा चिन्ता गरिरहँदा आफूलाई कसैले गोली नहान्नेमा ढुक्क थिए ।
एक दिन जब शाहरुख फिल्म ‘दिल तो पागल है’को सुटिङपछि खण्डलाबाट आइरहेका थिए, त्यो बेला उनलाई अबू सलेमको फोन आयो । सलेमले उनले हिन्दीमा गाली गरे, तर शाहरुख भने पूरा शान्त भावमा अंग्रेजीमै बोलिरहे ।
सलेमले एक मुस्लिम निर्माताको फिल्ममा काम नगरेकोमा आफू शाहरुखसँग दुःखी भएको बताएका थिए । सलेम शाहरुख आफ्नो धर्मको मान्छेको समर्थन गरेको हेर्न चाहन्थे ।
त्यही बेला शाहरुखले आफूले मन्सूर खान, अब्बास मस्तान, अजीज मिर्जासँग काम गरेको र महेश भट्टको आमा पनि मुस्लिम भएको बताएका थिए । ‘जब म तपाईंलाई यो भन्दिन कि तपाईं कसलाई सुट गर्नुहुन्छ । तपाईं पनि मलाई यो नभन्नुहोस् कि म कुन फिल्ममा काम गरुँ’ शाहरुखले यो उत्तर दिएपछि सलेमले उनलाई धम्क्याउन छोडे ।
अबूले शाहरुखलाई कैयौं पटक फोन गरेका थिए र त्यो फोनमा उनले आफूलाई शाहरुख र उसको सुरक्षाकर्मी कहाँ छ भन्ने कुरा प्रत्येक पटक दाेहाेर्याउँथे ।
महेश भट्टका अनुसार त्यो समय शाहरुख कठिन जिन्दगीमा गुज्रिरहेका थिए, तर पर्दामा उनी कमेडीको भूमिका निभाइरहेका थिए ।
अबूपछि छोटा राजनको समूहले पनि शाहरुखलाई फोन गर्न थाले । तर तुरुन्तै त्यो फोन आउन बन्द भयो । त्यसपछि गोंगा भाई नामको एक सानो ग्याङस्टार शाहरुखलाई एक वर्षसम्म पछ्याइरह्यो । गोंगा भाई आफ्नो जीवनमा आधारित फिल्ममा शाहरुखले अभिनय गरुन् भन्ने चाहन्थ्यो । तर यहाँ पनि शाहरुखले अंग्रेजी बोलेर गोंगालाई चुप बनाइदिए ।
अनुपमाका अनुसार यसपछि शाहरुखलाई छोटा नकिलले फोन गरे । उनी फिल्म ‘दिल से’को गीत ‘छैया छैया’बाट क्रोधित थिए । छोटा नकिलको बुझाईमा त्यो गीत इस्लामविरुद्ध थियो । तर शाहरुखलाई पनि आफ्नो बोलीबाट घुमाइदिए ।
अनुपमाको बुझाईमा शाहरुख मुस्लिम हुनु, नम्र हुनु र प्रशंसकको ठूलो सख्ंया हुनु उनका लागि राम्रो थियो । यहाँसम्मकी ग्याङस्टारका परिवार पनि शाहरुखका फ्यान थिए । शाहरुखलाई अबूले पनि आफ्नो आमा र पत्नी शाहरुखको प्रशंसक भएको सुनाएका थिए ।
–न्यूजनेसनटीभी
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ११:३३
प्रतिक्रिया दिनुहोस्