Nic Ad Nic Ad
Nic Ad Nic Ad

हाम्रो सम्बन्ध पहिल्यैदेखि समस्याग्रस्त थियो - र्‍यापर जी बब

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ – पछिल्लो समय र्‍यापर जी बब अर्थात सुदीप भण्डारी बुबाआमालाई उजुरी हालेपछि चर्चामा छन् । मिलेन लेबल तेरो बाँ बोलाए बोलको र्‍याप गीतबाट चर्चामा आएका जी बबले आज आफूमाथि लागेका आरोपहरूबारे स्पष्टीकरण दिएका छन् । उनले एउटा प्रेस मिट आयोजना गरेर बाबु र आमालाई नै दोषी ठहराएका छन् । बाबु आमाले पत्रकार सम्मेलन गर्दै जी बबको स्वभाव , ब्यबहार र उनी दुब्र्यसनीमा परेका र उनको फेरिएको व्यबहारको बारेमा बोलेपछि उनले जवाफ दिएका हुन् । जी बबले आफ्नो परिवारले आफूलाई रिह्याब सेन्टरमा राखेर बन्धक बनाएको उजुरी दिएपछि बुबा आमाले पनि जाहेरी दिएका हुन् । उनीहरु एकअर्काले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका हुन् । बाबु दुबईबाट आएको भन्दै उनले लामो समयपछि आफ्नो सम्पर्कमा आएकोमा आपत्ति जनाए । उनले आफूलाई सही लागेको कुरा जे पनि बोल्न पाउनुपर्ने बताए । उनले भने - 'मैले रियालिटी बोलेको हो । तर, आमालाई दोष लगाउँदिन । हाम्रो सम्बन्ध पहिल्यैदेखि समस्याग्रस्त थियो । '
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:३३
प्रतिक्रिया दिनुहोस्