Nic Ad Nic Ad
Nic Ad Nic Ad

मिसेस एण्ड मिस गुरुङको अडिसन

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–एस के इन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुन गईरहेको ‘मिसेस एण्ड मिस गुरुङ २०२२, सिजन–३’ को पहिलो अडिसन सम्पन्न भएको छ । राजधानीमा सम्पन्न अडिसनमा काठमाडौंभित्र तथा काठमाडौं बाहिरका ४० जना प्रतियोगीहरुको उपस्थिती थियो । आयोजक शान्त तामाङले गुरुङ समुदायका अविवाहित र विवाहित महिलाहरुको कला संस्कृति तथा भाषालगायत समग्र व्यक्तित्व विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताइन् । अडिसनमा अभिनेता रमेश उप्रेती, कोरियोग्राफर रोजिन शाक्य, अभिनेता आनन्द गुरुङ, ‘मिसेस गुरुङ–२०२१’ चिनीमाया गुरुङ, ‘मिसेस गुरुङ–२०२१’ की ‘फस्ट रनरअप’ पुजा गुरुङ, ‘मिसेस तामाङ–२०२०’ आकृति तामाङ, ‘मिस इण्डीजिनियस–२०२१’ नम्रता तामाङ, ‘मिस गुरुङ–२०२१’ सुस्मिता गुरुङ र फिल्म निर्देशक दिप गुरुङ निर्णायक थिए । विगत ३ वर्षदेखि आयोजना हुँदै आएको यो प्रतियोगिताको विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसरसँगै फिल्म, म्युजिक भिडियोमा पनि अभिनयको मौका पाउनेछन् । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाई एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने छ । उनीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षालगायतका विषयमा प्रशिक्षण दिनेछन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:३२
प्रतिक्रिया दिनुहोस्