Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजकुमारलाई सलमानले ‘तपाईं को हो ?’ भनेर सोधेपछि...

बिहीबार, मंसिर ८, २०७९
मुम्बई– अभिनेता सलमान खान बलिउडका लोकप्रिय अभिनेता हुन् भन्नेमा दुई मत छैन । उनी फिल्मबाहेक ‘दबंग’ शैलीका कारण पनि चर्चामा आइरहन्छन् । यिनै अभिनेतालाई एकपटक दिग्गज अभिनेता राजकुमारले अक्क न बक्क बनाइदिएका थिए । सलमानले अभिनयको सुरुवात सन् १९८८ मा रिलिज फिल्म ‘बीवी हो तो ऐसी’बाट गरेका थिए । जसमा उनी सहायक भूमिकामा देखिएका थिए । यद्यपि यसको एक वर्षपछि रिलिज सुरज बडजात्याको फिल्म ‘मैने प्यार किया’मा प्रमुख भूमिकामा अभिनय गरे । यो फिल्म बक्सअफिसमा सुपरहिट भयो र यही फिल्मबाट सलमानले लोकप्रियता कमाए । फिल्म सुपरहिट भएपछि सुरजले एक सक्सेस पार्टी राखेका थिए । जसमा अभिनेता राजकुमार पनि आएका थिए । त्यहाँ राजकुमारले आफूले फिल्मको कलाकार भेट्न चाहेको जानकारी सुरजलाई दिएका थिए । त्यसपछि सुरजले सलमानलाई लिएर राजकुमारको ठाउँमा पुगे । तर जब सलमानले राजकुमारलाई भेटे, त्यसपछि सलमानको एक प्रश्नले राजकुमार निकै रिसाए । यो पार्टीअघि सलमानले राजकुमारलाई कहिल्यै भेटेका थिएनन् । पार्टीमा राजकुमारलाई भेट्दा सलमानले ‘तपाईं को हो ?’ भनी सोधे । त्यो समयमा राजकुमार बलिउडको हिट अभिनेता भइसकेका थिए । आफू हिट भए पनि सलमानले नचिनेपछि राजकुमार निकै रिसाए । त्यसपछि उनले सलमानलाई भने, ‘छोरा, गएर आफ्नो पितालाई म को हुँ भनेर सोध्नु है ।’ –एबीपीन्यूज
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:३२
प्रतिक्रिया दिनुहोस्