सूर्या लाइफ इन्स्योरेन्सको बागमती प्रदेश स्तरीय बिजिनेस बिल्डिङ सेमिनार सम्पन्न
काठमाडौं– सूर्या लाइफ इन्स्योरेन्सले बागमती प्रदेश स्तरीय बिजिनेस बिल्डिङ सेमिनार सम्पन्न भएको छ ।
उक्त सेमिनारमा करिब ३०० भन्दा बढी अभिकर्ता सहभागी भएका थिए ।
कार्यक्रममा २०२३ को एमडीआरटीलाई सम्मान गर्दै, चौथो त्रैमासिकको हालसम्म बागमती प्रदेश अन्तर्गत आफ्नो व्यक्तिगत कोडमा अधिकतम बिमा शुल्क हासिल गर्न सफल २५ जना अभिकर्ताहरूलाई सम्मान गरिएको थियो । साथै बैशाख महिनाको स्किममा पर्न सफल अभिकर्ताबाट लक्की ड्र गरी ३ जना भाग्यशाली विजेताहरूको घोषणा गरिएको थियो ।
लक्की ड्रमा भैरहवा शाखाबाट शोभा जिसिले प्रथम पुरस्कार स्वरुप ल्यापटप, दमक शाखाबाट नितु गौतमले द्वितीय पुरस्कार स्वरुप ट्याब्लेट, वालिङ शाखाबाट रंन्जिता बुढाथोकीले तृतीय पुरस्कार स्वरुप मोबाइल जित्न सफल भएका थिए ।
जीवन बीमा क्षेत्रमा अभिकर्ता पेशालाई थप प्रभावकारी, व्यावसायिक र मर्यादित बनाउने अभियान स्वरुप सूर्या लाइफले “मेरो पहिलो पोलिसी” अभियान सुरु गरेकोछ । जस अन्तर्गत, अभिकर्ताले हासिल गरेको आफ्नो पहिलो पोलिसी यादगार रहोस् भन्ने उद्देश्य सहित नयाँ अभिकर्ताहरूलाई सम्मान गरिएको थियो ।
उक्त समारोहमा विजेतालाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पवन कुमार खड्काले सम्मान गर्नुका साथै प्रमाण पत्र, मायाको चिनो र पुरस्कार वितरण गरेका थिए ।
बागमती प्रदेश प्रमुख सुशील चापागाईं, बरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकालले बीमा बजारको हालको अवस्था, चुनौति र समाधानका साथै मार्केटिङ सम्बन्धी तालिमहरू दिएका थिए। प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले कुनै पनि व्यवसायमा सफल हुन निरन्तरता, धैर्यता र लगनशीलता ३ महत्वपूर्ण मन्त्र रहेको कुरा जानकारी गराए ।
उक्त कार्यक्रमबाट आफूले गरिरहेको भन्दा पृथक मार्केटिङ टेक्निक र ज्ञान हासिल गरेको र यसले आगामी दिनमा व्यवसाय वृद्धिको लागि थप उर्जा र उत्साह मिलेको कुरा त्यहाँ उपस्थित अभिकर्ताले बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १६:३१
प्रतिक्रिया दिनुहोस्