प्रेमी शरदसँग गायिका इन्दिराले आज लगनगाँठो कस्दै
काठमाडौँ– चर्चित गायिका इन्दिरा जोशीले आज वैवाहिक जीवनमा बाधिँदैछिन् ।
प्रेमी शरद केडियासँग उनले लगनगाँठो कस्न लागेकी हुन् । उनको विवाहको स्थान भने गोप्य राखिएको छ ।
मंगलबार प्रेमी शरदसँग विवाह गर्ने जानकारी उनले आइतबार इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै गराएकी थिइन् ।
आइतबार उनको हल्दी कार्यक्रमसमेत आयोजना भएको थियो ।
परिवारका केही सदस्यको उपस्थितिमा आफ्नो हल्दी समारोह गरिएको उनले सोमबार समाजिक संजालमार्फत तस्बिर सार्वजनिक गर्दै जानकारी दिएकी थिइन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ११:०९
प्रतिक्रिया दिनुहोस्