नेपाल राष्ट्र बैंकले आकस्मिक छलफलका लागि बोलायो वाणिज्य बैंकका सीईओहरुलाई
काठमाडौं - नेपाल राष्ट्र बैंकले आज (मंगलबार) ३ बजेका लागि आकस्मिक वैठक बोलाएको छ । केन्द्रीय बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई आकस्मिक छलफलका लागि बोलाएको हो ।
सीईओहरुलाई आगामी आर्थिक वर्षको मौद्रिक नीति, बैंकहरुको सीडी रेसियो र असार मसान्तभित्रमा गरिसक्नु पर्ने मर्जर सम्झौतालगायतका विषयमा छलफल गर्न बोलाइएको स्रोतले जानकारी दिएको छ ।
राष्ट्र बैंकले केही दिनअघि पनि वाणिज्य बैंकहरुका अध्यक्ष तथा सञ्चालकहरुलाई बोलाएर छलफल गरेको थियो । छलफलका क्रममा गभर्नर महाप्रसाद अधिकारीले १-२ वर्ष नाफामा ध्यान नदिन, असारभित्र मर्जरको सम्झौता गरिसक्न र लाभांशका लागि सीईओहरुलाई अनधिकृत दबाब नदिन निर्देशन दिएका थिए ।
छलफलमा गभर्नर अधिकारीले आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरुको बिग मर्जरमा दिइँदै आएको १० प्रकारका सहुलियत तथा छुट खारेज हुने घोषणा समेत गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १६:५४
प्रतिक्रिया दिनुहोस्