अमेरिकी डलरको विनिमय दर अहिलेसम्मकै उच्च, यस्तो छ आजको सटही दर
काठमाडौँ– नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) हालसम्मकै उच्च भएको छ ।
निरन्तर बढेर अमेरिकी डलरले मंगलबार नयाँ रेकर्ड बनाएको हो । यस दिन एक अमेरिकी डलरको विनिमय दर १ सय २५.१६ रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १२४ रुपैयाँ ५६ पैसा छ । यस्तै बिक्री दर एकको १२५ रुपैयाँ १६ पैसा तोकेको छ ।
गत शुक्रबारदेखि सोमबारसम्म एक अमेरिकी डलरको विनिमय दर १ सय २४.८४ रुपैयाँ तोकेको थियो ।
यस्तै युरो एकको खरिद दर १३० रुपैयाँ ३३ पैसा र बिक्री दर १३० रुपैयाँ ९५ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ८४ पैसा र बिक्री दर १५२ रुपैयाँ ५८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ०८ पैसा र बिक्री दर ३४ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विनिमय दरको पूर्ण विवरण :