छुपुमा छुपु हिलोमा धान... (फाेटो फिचर)
ललितपुर– काठमाडाैँ उपत्यकाका काँठ क्षेत्रमा किसान बर्खे धान रोप्न व्यस्त छन् । यस वर्ष जेठ सुरु भएदेखि नै वर्षा भइरहेकाले बेलैमा राेपाइँ सुरु भएको हो । ललितपुरको खोकनामा पनि यतिबेला धमाधम रोपाइँ भइरहेको छ ।
देशका धेरै ठाउँमा असार लागेपछि मात्र रोपाईं हुने भएपनि काठमाडौँ उपत्यकामा भने १५ जेठपछि नै रोपाईं थालिन्छ । केही दिनदेखि लगातार पानी परेका कारण किसानलाई धान रोप्न सजिलो भएको छ । काँठ क्षेत्रमा रोपाइँका लागि आकाशे पानी नै एकमात्र श्राेत हो ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १८:३०
प्रतिक्रिया दिनुहोस्