Nic Ad Nic Ad
Nic Ad Nic Ad

डेढ बर्षपछि नेप्से परिसुचक २ हजार विन्दुभन्दा तल झर्‍यो

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– सेयर बजार परिसूचक नेप्से २ हजार विन्दुभन्दा पनि तल झरेको छ । करिब डेढ बर्षपछि नेप्से दुई हजार अंकको विन्दुबाट तल झरेको हो । सेयर बजार परिसूचक लगातार घट्ने क्रम मंगलबार पनि कायमै रह्यो । साताको दोस्रो कारोबार दिने नेप्से ३६ दशमलव ०७ अंकले घट्दै १९९६ दशमलव २६ अंकमा पुगेको हो । मंगलबार नेप्सेसँगै सबै उपसूचकहरु घटेका छन् । मंगलबार १९५ कम्पनीको कारोबार भएकोमा पाँच कम्पनीको मात्र सेयर मूल्य बढेको छ । यो दिन कारोबार रकम केही बढेको छ । मंगलबार एक अर्ब १८ करोड ५५ लाख रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ । मंगलबार शिवम् सिमेन्टको सेयर सर्वाधिक चार करोड ५७ लाख रुपैयाँको कारोबार हुँदा एनसीसी बैंकको तीन करोड ८० लाख र नेपाल लाइफ इन्स्योरेन्सको तीन करोड ३४ लाखको सेयर कारोबार भएको छ । यसदिन आँधीखोला लघुवित्तको सेयर मूल्य ८ दसमलव १८ प्रतिशत, माउन्टेन हाइड्रो नेपालको ३ दशमलव ७२ प्रतिशत, युनिलिभर नेपालको १ दशमलव ९९ प्रतिशत, एनसीसी बैंकको १ दशमलव ६ प्रतिशत र कुमारी बैंकको सेयर मूल्य शुन्य दलमलव ०५ प्रतिशतले बढेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १६:५५
प्रतिक्रिया दिनुहोस्