नेपाल सुपर लिग फुटबल भदौ २५ देखि गर्न एन्फाको अनुमति
काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता आयोजना गर्न अनुमति दिएको छ ।
एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिलाई पत्र लेख्दै एन्फाले प्रतियोगिताका लागि आगामी भदौ २५ देखि कात्तिक ५ गते सम्म स्वीकृति प्रदान गरेको हो ।
ए डिभिजन क्लबहरुले असन्तुष्टि जनाएपछि एनएसएल विवादमा परेको थियो ।
काठमाडौँ र पोखरामा सञ्चालन गर्ने भनिएको प्रतियोगितामा यस पटक १० टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।
जसमा स्पोर्टिङ इलाम एफसी दि मेची, टिम विराटनगर सिटी एफसी, विरगञ्ज युनाईटेड एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौँ रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स टिम रहनेछन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०५:३४
प्रतिक्रिया दिनुहोस्