देश प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्छ: लिङ्देन
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा दोलखा–काठमाडौं उपत्यका सम्पर्क समाजको दोश्रो अधिवेशन उद्घाटन गर्दै लिङदेनले देशमा देखिएको बेतिथि अन्त्य गर्न प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली हुनुपर्ने बताएका हुन्।
उनले पूर्ण समानुपातीक संसदीय प्रणाली हुनुपर्ने र यसले गर्दा सांसद हुन मतदाता किन्नुपर्ने र प्रधानमन्त्री हुन सांसद किन्नुपर्ने अवस्थाको अन्त्य हुने तर्क गरे। अहिले देश अहिलेसम्मकै अप्ठेरो परिस्थीतीबाट ग्रुजीरहेको भन्दै नागरिकहरुले ठिक ढंगले निर्णय लिन नसके देशले ठूलो क्षति व्यहोर्नुपर्ने उनले बताए ।
उनले देशलाई दुर्घटनाबाट बचाउन र देशलाई असफल राष्ट्र हुनबाट जोगाउन सवै नागरिकले योगदान गर्नुपर्ने बेला आएको तर्क गरे ।
उनले अहिले नेतृत्वले स्थापीत गरेको प्रणाली नै गलत भएको धारणा राखे ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:०१
प्रतिक्रिया दिनुहोस्