पशुपतिमा आरती (तस्वीरहरू)
काठमाडौं– पशुपतिनाथको मन्दिर परिसरमा हरेक साँझ आरती हुन्छ । साँझ साढे ६ बजेपछि हरेक दिन पशुपतिनाथ मन्दिरको पूर्वी भागमा भजन कीर्तन र आरती गरिन्छ ।
आरतीसँगै शिवको पूजा आरधना गर्न भक्तजनको घुइँचो लाग्ने गरेको छ । जसका कारण साँझको समय पशुपतिनाथ मन्दिर परिसर र बागमती नदी किनार आकर्षक देखिन्छ । आरतीका लागि विदेशबाट समेत भक्तजन आउने गरेका छन् । हिजो आज वर्षाका कारण आरती पनि केही प्रभावित हुने गरेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १८:१४
प्रतिक्रिया दिनुहोस्