नेपाल क्रिकेट संघको ‘कन्ट्रोल फन्डिङ’ फुकुवा
काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाललाई लगाउँदै आएको ‘कन्ट्रोल फन्डिङ’ फुकुवा गरेको छ । नेपाल क्रिकेट संघ क्यानले मंगलबार विज्ञप्ति जारी गर्दै आईसीसीको कन्ट्रोल फन्डिङ फुकुवा भएको जानकारी दिएको हो ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले निकालेको विज्ञप्तिमा अब क्यानले एक दिवसीय मान्यता प्राप्त अन्य देश सरहको आर्थिक अनुदान र गतिविधी गर्न पाउने जनाइएको छ ।
क्यानको निलम्बन यसअघि फुकुवा भएपनि आईसीसीले कन्ट्रोल फन्डिङ कायमै राख्दै आर्थिक सहयोग कटौती गर्दै आएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०५:३४
प्रतिक्रिया दिनुहोस्