तस्वीरमा नेपालको जित
काठमाडौँ– आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले ओमानलाई सहजै पराजित गरेको छ ।
अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ रोजेकोओमानले ४६ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर मात्र १६३ रन बनायो । एक सय ६४ रनको विजयी लक्ष्य नेपालले तीन विकेट गुमाएर ३३ दशमलव एक ओभरमा पूरा गर्यो ।
यसअघि पहिला ब्याटिङ गरेको ओमान निर्धारित ५० ओभरको खेलमा १६३ रनमै खुम्चियो । नेपालका करन केसीले पाँच विकेट लिए ।
जितसँगै नेपाल अङ्कतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । नेपालले अर्को खेल आज राति ९ : १५ बजे घरेलु टोली अमेरिकासँग खेल्ने छ ।
नेपालको जितका तस्वीरहरू
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:०३
प्रतिक्रिया दिनुहोस्