Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ आजको विनिमय दर

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२४ रुपैयाँ ४८ पैसा र बिक्री दर १२५ रुपैयाँ ०८ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १२९ रुपैयाँ ९३ पैसा र बिक्री दर १३० रुपैयाँ ५६ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५० रुपैयाँ २२ पैसा र बिक्री दर १५० रुपैयाँ ९५ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२५ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्री दर १२५ रुपैयाँ ८२ रहेको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ७३ पैसा र बिक्री दर ८६ रुपैयाँ १४ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ७१ पैसा छ । जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ २५ पैसा र बिक्री दर ९ रुपैयाँ ३० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४८ पैसा र बिक्री दर १८ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ १८ पैसा र बिक्री दर ३३ रुपैयाँ ३४ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ १० पैसा र बिक्री दर ३४ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६६ पैसा र बिक्री दर ९ रुपैयाँ ७१ पैसा कायम भएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १६:५५
प्रतिक्रिया दिनुहोस्