अलमुताईरी भन्छन्- हारको जिम्मेवारी मेरो, खेलाडीलाई दाेष नदिनुहोला
काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टिमले एएफसी एसियन कप छनोटमा खराब प्रदर्शन गरेको छ । तर टिमका मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले भने खराब प्रदर्शनको दोष खेलाडीलाई नदिन आग्रह गरका छन् ।
अलमुताईरीले फेसबुकमा एसियन कपको खराब प्रदर्शनको दोष आफुलाई जाने भएकाले खेलाडीलाई दोष नदिन आग्रह गरेका हुन् ।
‘सबै दोष मलाई जान्छ र खेलाडीहरूलाई दोष नदिनुहोस्’ अलमुताईरीले लेखेका छन् ।
अलमुताईरी टिमका नकारात्मक पक्षहरु सुधार गर्नुपर्ने र टिममा केही सकारात्मक पक्ष देखिएको उल्लेख गरेका छन् ।
मंगलबार राति भएको छनोटको अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग ७–० ले पराजित भएको थियो ।
नेपाल छनोटको पहिलो खेलमा जोर्डनसँग २–० ले र दोस्रो खेलमा आयोजक कुवेतसँग ४–१ ले पराजित भएको थियो । यससँगै नेपाल अंकविहीन रहँदै समुहको पुछारमा रह्यो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०५:३२
प्रतिक्रिया दिनुहोस्