शेयर बजार दुर्घटनातर्फ अघि बढेको भन्दै संसदमा गगन थापाको चिन्ता
काठमाडौँ - नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नेपालको शेयर बजार पछिल्लो समय दुर्घटनातर्फ अघि बढेको भन्दै संसद वैठकमै चिन्ता व्यक्त गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले शेयर बजारलाई अर्थतन्त्रको मेरुदण्ड मानिए पनि नेपालका नियामक निकायको गम्भीर गल्तीको सजाय लगानीकर्ताले भोग्नु परेको बताए ।
शेयर बजार १९ सयमा झरेको बताउँदै नेता थपाले भने, ‘यसले साना लगानीकर्ताहरु हतोत्साही भएका छन्, दुःख गरेर दुई पैसा जम्मा गरेर लगानी गरेकाहरु कोही झुण्डेर मर्छु भन्छन् । कोही सडकमा आइसकें भनिरहेका छन् ।’ अहिले सेयर बजारमा संकट आउँदा पनि अर्थ मन्त्रालयले पनि गम्भीरतापूर्वक चासो नदिएको उनले बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १६:५४
प्रतिक्रिया दिनुहोस्