विश्वकप खेल्ने ३२ टिमकाे टुंगो लाग्यो, कुन समुहमा कुन कुन टिम ?
काठमाडौँ– आगामी मंसिर ५ देखि पुस ३ गतेसम्म (नोभम्बर २१ देखि डिसेम्बर १८) कतारमा आयोजना हुने विश्वकप फुटबलमा प्रतिस्पर्धा गर्ने सबै ३२ देशको टुंगो लागेको छ ।
मंगलबार राति कोस्टारिका छनोट भएसँगै प्रतिस्पधै सबै ३२ टोली छिनोफानो भएको हो । कोस्टारिका न्युजिल्याण्डलाई १–० ले हराउँदै विश्वकपमा छनोट भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा मंसिर ५ गते आयोजक कतार र इक्वेडर खेल्नेछन् ।
कुन समूहमा कुन कुन टिम
समूह ए– कतार, नेदरल्याण्ड, सेनेगल र इक्वेडर ।
समूह बी– इंग्ल्यान्ड, अमेरिका, इरान र वेल्स ।
समूह सी– अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड र साउदी अरेबिया ।
समूह डी– फ्रान्स, डेनमार्क, ट्युनिसिया रअष्ट्रेलिया ।
समूह ई– स्पेन, जर्मनी, जापान र कोस्टारिका ।
समूह एफ– बेल्जियम, क्रोएसिया, मोरक्को र क्यानडा ।
समूह जी– ब्राजिल, स्विजरल्याण्ड, सर्बिया र क्यामरुन ।
समूह एच– पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया र घाना ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०६:११
प्रतिक्रिया दिनुहोस्